तिलोत्तमा क्रिकेट लिग : पिटुकेडि स्क्वाड र नेपथ्य इगल्स विजयी

२०८२ आश्विन २८, मंगलवार २२:११

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा एक्ट्राटेक ओभल क्रिकेट ग्राउन्डमा जारी तिलोत्तमा क्रिकेट लिगको मंगलवार भएको खेलहरुमा पिटुकेडि स्क्वाड र नेपथ्य इगल्स विजयी भएका छन

आज भएको पहिलो खेलमा खेलासिकी ओर्काजले टस जितेर पिटुकेडि स्क्वाडलाई पहिला  ब्याटिङ गर्ने निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको पिटुकेडिले स्क्वाड २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै ११२ रनको योगफल खडा गर्यो । पिटुकेडि स्क्वाडको लागि सागर भन्डारिले २४ तथा अमित यादबले १४ रनको योगदान दिए ।

पिटुकेडि स्क्वाडलाइ मध्यम स्कोरमा रोक्न खेलासिकि ओर्काजका लागि जेम्स पुन मगर ले ३ ओभरमा १३ रन खर्चंदै २ विकेट तथा सोयब हसनले ४ ओभरमा २२ रन खर्चंदै २ विकेट हात पारे।

११३ रनको  योगफल पछ्याउँदै जवाफी ब्याटिङ गरेको खेलासिकी ओर्काजले ९८ रन मात्रै बनाउदा खेलासिकी ओर्काज बिरुद्द पिटुकेडि स्क्वाड १४ रनको बिजय हासिल गर्यो । खेलासिकीको लागि एन्जिला पाठक ले ३१ रन तथा समर पान्डेले ९ रनको योगदान दिए ।

पिटुकेडि स्क्वाडको जितमा सागर भन्डारिले ४ओभरमा १ मेडेन राख्दै २१ रन खर्चंदै ३ विकेट हात पारे । ब्याटिङ र बलिङ अलराउन्ड प्रर्दसन गरेका सागर भन्डारी म्यान अफ दि म्याच घोषित भए।

यस्तै आज भएको दोस्रो  खेलमा  विश्व लायन टर्टल्स विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपथ्य इगल्स २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १११ रनको योगफल खडा गर्यो । नेपथ्य इगल्सको लागि मन्नन खानले ५५ तथा साउद खानले १८ रनको योगदान दिए ।

नेपथ्य इगल्सलाइ मध्यम स्कोरमा रोक्न  बिश्व लायन टर्ट्ल्सको लागि आसुतोस पान्डे ले ४ ओभरमा १ मेडेन राख्दै ७ रन खर्चंदै ३ विकेट तथा नितिस ठाकुरले ३ओभरमा २० रन खर्चंदै १ विकेट हात पारे।

११२ रनको  योगफल पछ्याउँदै जवाफी ब्याटिङ गरेको विश्व लायन टर्टल्सले १७ ओभरमा  ७५  रन मात्रै बनाउदा नेपथ्य इगल्स ३६ रनले बिजय हासिल गर्यो । बिश्व लायन टर्टल्सको   लागि नवीन भन्डारिले २९ तथा  रोजन कुमालले  २२नको योगदान दिए ।

नेपथ्य इगल्सको जितमा  प्रेम सागर यादबले ४ओभरमा १ मेडेन राख्दै ८ रन खर्चंदै  ४ विकेट , लक्ष्मण कुमालले ३ ओभरमा १० रन खर्चंदै ३ विकेट तथा  रोशन बश्यालले ४  ओभरमा १९ रन खर्चंदै ३ विकेट हात पारे ।

बलिङमा उत्कृष्ट प्रर्दसन गरेका प्रेम सागर यादब म्यान अफ दि म्याच घोषित भए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy