नेपाल टी-२० लिगसम्बन्धी सम्झौता तत्काल खारेज गर्न छानबिन समितिको सुझाव

काठमाडौँ । नेपाल टी-२० लिगमा भएको अनियमितता छानबिन गर्न गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्लाई बुझाएको छ । कार्यदलले परिषद् अध्यक्ष टङ्कलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी-२० लिगसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वाञ्छनीय भएको ठहर गरेको छ ।

नेपाल क्रिकेट सङ्घका सरोकार पक्षहरूबाट नेपाल टी-२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको सर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरी, नेपाल टी-२० लिग प्रतियोगितामा शङ्कास्पद एवं अस्वाभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषी माथि प्रचलित कानुन एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारबाहीमा आवश्यक सहयोग पुर्‍याउने पनि बताइएको छ ।

कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग आवश्यक छलफल र समन्वय गर्न सकिने कार्यदलले सुझाव दिएको छ । 





थप समाचार

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]