भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण : क्यान

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ ।

क्यानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनगरी आयोजनकाको अधिकार सेभेन थ्रीस्पोर्ट्सलाई दिन गल्ती भएको स्वीकार गरेको हो । ‘‘क्यानका अध्यक्ष चतुरबहादुर चन्दले साधारण सभाले नै पारित गरी प्रतियोगिताको लागि सेभेन थ्रीस्पोर्ट्सलाई दिइएको हो । तर, त्यो अहिले आएर सही रहेनछ भन्ने भयो,’’ चन्दले बताए ।

चन्दले नेपाल टी–२० लिगको पहिलो प्रयास र सम्झौता गल्ती भएको भन्दै क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको पनि बताए । सम्झौता अनुसार काम नहुँदा गाह्रो भएको पनि उनले बताए ।

लिगमा सहभागी अधिकांश खेलाडीले पैसा पाई सकेको र केही खेलाडीलाई एक दुई महिना भित्र पैसा दिने पनि बताए । खेल मिलेमतोमा क्यानका पदाधिकारी संलग्न भएको पाइएमा कारबाही गरिने चन्दको भनाई थियो ।

टी–२० लिगमा स्पट फिक्सिङ भएको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी ‘स्पट फिक्सिङ’ मा ६ विदेशी र चार जना नेपाली संलग्न भएको जानकारी दिएको थियो ।

सीआईबीले स्पट फिक्सिङमा संलग्न नेपालका पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीलाई मंगलबार नै सार्वजनिक गरेको छ । क्रिकेटरद्वयलाई अनुसन्धानका लागि पाँच दिन म्याद समेत थपिएको छ ।

सीआईबीले प्रतियोगिताको आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सका प्रमुख जतिन अलुवालिया नै खेल मिलेमतोको मुख्य योजनाकार रहेको समेत जनाएको छ । गत पुस ९ देखि २९ गतेसम्म भएको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता थियो ।

नेपाल टी–२० लिग सञ्चालनका लागि क्यानले सेभेन थ्रीस्पोर्ट्स कम्पनीलाई आठ वर्षसम्म सञ्चालनको जिम्मेवारी दिएको थियो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने उल्लेख थियो ।

क्रिकेटमा विवाद र खेल मिलेमतो भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी ) ले पनि छानबिन गरिरहेको छ । राखेपको छानबिन समितिले बुधबार मात्र क्यानलाई सम्झौता खारेज गर्न सुझाव दिएको छ ।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]