मिथिला कप टि–२० माघ १४ देखि

२०७९ माघ १३, शुक्रबार ०५:५४

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा प्रदेश स्तरीय मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बिहीबार एसके एयरपोर्ट होटल गोरगमामा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिए ।

यूवा शक्ति क्लबका अध्यक्ष रबिन्द्र यादबले माघ १४ गतेदेखि प्रदेश स्तरीय चौथो संस्करण मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता संचालन हुने जानकारी दिए ।

सो प्रतियोगितामा मधेस प्रदेशको ८ जिल्ला मध्ये महोत्तरी जिल्ला बाहेक १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै प्रदेश नंः १ को सुनसरी, मोरङ र झापा गरी ३ वटा टिम, बागमति प्रदेशको १ वटा टिमका र भारतको सुपौल र सहरसा लगायतका २ वटा टिमको सहभागिता रहने छ ।

उक्त खेलमा पूर्व कप्तान तथा वर्तमान क्यानका म्यानेजर विनोद दासको उपस्थित रहने आयोजकले जानकारी दिए । उक्त प्रतियोगिताको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा विजेता टिमलाई रु १ लाख र उपविजेतालाई ५१ ह्जार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए । उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy