मिथिला कप टि–२० माघ १४ देखि

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा प्रदेश स्तरीय मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बिहीबार एसके एयरपोर्ट होटल गोरगमामा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिए ।

यूवा शक्ति क्लबका अध्यक्ष रबिन्द्र यादबले माघ १४ गतेदेखि प्रदेश स्तरीय चौथो संस्करण मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता संचालन हुने जानकारी दिए ।

सो प्रतियोगितामा मधेस प्रदेशको ८ जिल्ला मध्ये महोत्तरी जिल्ला बाहेक १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै प्रदेश नंः १ को सुनसरी, मोरङ र झापा गरी ३ वटा टिम, बागमति प्रदेशको १ वटा टिमका र भारतको सुपौल र सहरसा लगायतका २ वटा टिमको सहभागिता रहने छ ।

उक्त खेलमा पूर्व कप्तान तथा वर्तमान क्यानका म्यानेजर विनोद दासको उपस्थित रहने आयोजकले जानकारी दिए । उक्त प्रतियोगिताको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा विजेता टिमलाई रु १ लाख र उपविजेतालाई ५१ ह्जार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए । उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]