सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी

२०७९ माघ १७, मंगलवार ०९:१९

Sandeep Lamichhane

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मङ्गलवार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) बैठकमा लामिछानेको निलम्बन फिर्ता गर्ने निर्णय हुने जनाएको हो ।

क्यान बैठकका एजेण्डा भने अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यका अनुसार लामिछानेलाई टिममा फर्काउनेबारे निर्णय हुनसक्ने छ ।

यस्तै बैठकमा नेपाल टी-२० लिगको समीक्षा र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने ती सदस्यले जनाए ।

नेपाल, स्टकल्यान्ड र नामिविया सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुनेछ । सिरिजको खेल तालिका यसअघिनै सार्वजनिक भएको छ । क्यानले निलम्बनमा रहनुभएका पूर्व कप्तान सन्दीप लामिछानेविनै प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपालले सिरिजको पहिलो खेल नामिबियासँग १४ तारिख, दोस्रो खेल स्टकल्यान्डसँग १७ तारिख, नामिबियासँग पुन १८ तारिख र स्टकल्यान्डसँग २१ तारिख खेल्नेछ ।

नेपाली प्रारम्भिक टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अविनाश बोहरा, विवेक यादव, भीम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, विक्रम सोव, भुवन कार्की र अङ्कित सुवेदी ।

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy