मिथिला कप : तृतले अलराउण्ड योगदान दिंदा कलैया सेमीफाइनलमा

कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनामा केसीसीले छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीलाई ७ विकेटले पराजित गर्यो।

छिन्नमस्ताले दिएको ६२ रनको सामान्य लक्ष्य कलैयाले ७.३ ओभरमा ३ विकेट क्षेतीमा भेटायो।

कलैयाको लागी अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर तृत राज दासले अलराउण्ड योगदान दिए। उनले मात्र १६ बलमा ३ चौका र ४ छक्का मद्दतले ४१ रन बनाए भने बलिंगतर्फ पनि मात्र ६ रन खर्चेर ३ विकेट लिए। उनि प्लेयर अफ द म्याच घोषित भए। अरनिको यादवले अविजित १० रन बनाए। छिन्नमस्ताका विकास दासले ३ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले १७.१ ओभरमा ६१ रनमा सबै विकेट गुमायो। उसको लागि सुमित श्रेष्ठले सर्वाधिक २० रन तथा राहुल मण्डलले १६ रन बनाए। कलैयाका तृत राज दासले सर्वाधिक ३ विकेट लिंदा भुलावन सहानीले २ तथा पवन सर्राफ, मन्नु हवारी , अरनिको यादव र निकेश गुप्ताले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन बुधबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे एफसीसी सुनसरी र एहसीसी मोरंग तथा दिउँसो १ बजे दोश्रो खेलमा आरबि सप्तरी र एससीसी सिरहा बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।





थप समाचार

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]