मिथिला कप : तृतले अलराउण्ड योगदान दिंदा कलैया सेमीफाइनलमा

२०७९ माघ १७, मंगलवार १८:४४

कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनामा केसीसीले छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीलाई ७ विकेटले पराजित गर्यो।

छिन्नमस्ताले दिएको ६२ रनको सामान्य लक्ष्य कलैयाले ७.३ ओभरमा ३ विकेट क्षेतीमा भेटायो।

कलैयाको लागी अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर तृत राज दासले अलराउण्ड योगदान दिए। उनले मात्र १६ बलमा ३ चौका र ४ छक्का मद्दतले ४१ रन बनाए भने बलिंगतर्फ पनि मात्र ६ रन खर्चेर ३ विकेट लिए। उनि प्लेयर अफ द म्याच घोषित भए। अरनिको यादवले अविजित १० रन बनाए। छिन्नमस्ताका विकास दासले ३ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले १७.१ ओभरमा ६१ रनमा सबै विकेट गुमायो। उसको लागि सुमित श्रेष्ठले सर्वाधिक २० रन तथा राहुल मण्डलले १६ रन बनाए। कलैयाका तृत राज दासले सर्वाधिक ३ विकेट लिंदा भुलावन सहानीले २ तथा पवन सर्राफ, मन्नु हवारी , अरनिको यादव र निकेश गुप्ताले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन बुधबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे एफसीसी सुनसरी र एहसीसी मोरंग तथा दिउँसो १ बजे दोश्रो खेलमा आरबि सप्तरी र एससीसी सिरहा बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy