मिथिला कप : फुलबारी र सिरहा विजयी, रुपेशको आक्रामक अर्धशतक

कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौ दिन सम्पन्न दुई खेलम फुलबारी क्रिकेट क्लब, सुनसरी र सिरहा क्रिकेट क्लब, सिरहा विजयी भएका छन्।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न दिनको पहिलो खेलमा फुलबारी क्रिकेट क्लबले होराइजन क्रिकेट क्लबलाई १० रनले पराजित गर्यो।

फुलबारीले दिएको ११० रनको लक्ष्य पछ्याएको होराइजनले निर्धारित १५ ओभरमा ९ विकेट क्षेतीमा ९९ रन मात्र बनाउन सक्यो।

होराइजनको लागि लभ कामतले २४, श्रवन यादवले १८ तथा कुनाल दंगालले १६ रन बनाए। फुलबारीका बलर आशिष मण्डलले ४ विकेट लिए जो प्लेयर अफ द म्याच घोषित भए। सिबम यादवले २ तथा अमिर तिम्सिनाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको फुलबारीले निर्धारित १५ ओभरमा ९ विकेट गुमेर १०९ रन बनायो। उसको लागि रबिन मण्डलले २५, सिबम यादवले १९, सुमन गहतराजले १६ तथा विवेक मेहताले १४ रन बनाए। होराइजनका बलर श्रवन यादव र दिपक जोशीले ३/३ विकेट लिए।

दिनको दोश्रो खेलमा सिरहा क्रिकेट क्लब, सिरहाले राजविराज ब्रदर्श, राजविराजलाई ५ विकेटले पराजित गर्यो।

राजविराज ब्रदर्शले दिएको १३१ रनको लक्ष्य सिरहा क्रिकेट क्लबले ५ विकेट क्षेतीमा १७.१ ओभरमा भेटायो। सिरहाको जितमा रुपेश सिंहले आक्रामक अर्धशतक बनाए। उनले २३ बलमा २ चौका र ६ छक्का मद्दतले अविजित ५६ रन बनाए। सैलेन्द्र शाहले २१, राकेश कामतले १९ तथा दिपेश दासले १३ रन बनाए। राजविराजको जितमा चित्र बिस्टले ३ तथा गजेन्द्र बोहराले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा सबै विकेट गुमाएर १३० रन बनायो। उसको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलिप नाथले ५१ रन बनाए जुन क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। राहुल बिकले ३० तथा निरज यादवले १५ रन बनाए।

सिरहाका बलर रुपेश सिंहले ४ तथा अभिशेख तिवारी र तर्पेश्वर मुखियाले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बिहिबार बिवीए सप्तरी र युसीसी पर्सा बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।





थप समाचार

आइपीएल : मुम्बई र लखनाउ खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ४८ औं खेलमा आज मुम्बई इन्डियन्स र लखनाउ सुपर जायन्ट्सबीच […]

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]