मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी 

सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी अन्तर्गत पाँचौ दिन सम्पन्न एक मात्र खेलमा बजाज युथ क्रिकेट क्लब ५ रनले विजयी भएको छ। उसले डिफेन्डिङ च्याम्पियन युनाइटेड क्रिकेट क्लब पर्सालाई पराजित गर्यो।

बिहिबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा बजाज युथ क्लब सप्तरीले दिएको ११४ रनको लक्ष्य पछ्याएको युनाइटेड क्रिकेट क्लब पर्साले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन मात्र बनायो।

युनाइटेडको लागि यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले ३८ रन बनाएता पनि जित्न पर्याप्त रहेन। अल्फाज मन्सुरीले २५, सम्साद मन्सुरीले २३ रन बनाए।

बजाज युथको बलिंगमा मोहम्मद हुसेन एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। देब्रे हाते फास्ट बलर हुसेन प्लेयर अफ द म्याच घोषित भए। बिपिन खत्री, मिकु मण्डल र अभय मण्डलले १/१ विकेट लिए।


यस अघि  टस जितेर ब्याटिंग गरेको बजाज युथ सप्तरीले २० ओभरमा ८ विकेट क्षेतीमा ११३ रन बन्यो। उसको लागि पपु यादवले सर्वाधिक २५ रन, बिपिन खत्रीले २० रन, मोहम्मद हुसेनले १२ तथा सन्दिप क्षेत्रीले १० रन योगदान दिए। अतिरिक्तको रुपमा उसले १७ रन पायो।

युनाइटेड पर्साका बलर संसाद मन्सुरीले ३, सैफुल्लाह अन्सारी र सम्साद अन्सारीले २/२ तथा ब्यास यादवले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार दोश्रो क्वार्टरफाइनलमा एफसीसी सुनसरी र बिवाईए सप्तरी प्रतिस्पर्धा गर्नेछन्।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]