निलम्बन फुकुवा पछि सन्दिप बन्द प्रशिक्षणमा सहभागी हुँदै

Sandeep Lamichhane

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्याम्पमा सहभागिताका लागि प्रशिक्षक र फिटनेस टोलीसँग सम्पर्क गरेका छन्।

सन्दीपले खेल्न सक्ने वा नसक्ने निर्णय फिटनेस र उनको अवस्था बारे छनोट समितिले निर्धारण गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दासले बताए।

‘‘सन्दीपले आज (बिहीबार) प्रशिक्षक र फिटनेस टोलीलाई भेट गरेका छन् । सन्दीपको फिटनेस र टोलीको आवश्यकता हेरेर टोलीमा रहने वा नरहने निर्णय हुन्छ । यस विषयमा छनोट समिति र प्रशिक्षकले छिट्टै क्यानलाई जानकारी दिनेछन्,’’ दासले बताए ।

प्रशिक्षकले सन्दीपको स्थान र उनले खेल्न सक्ने अवस्था रहेमा टोलीमा समावेश गर्न सक्ने पनि दासले बताए ।

बालिका बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपलाई क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले बुधबार मात्र उनि माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले अझै टुङ्गो लगाइसकेको छैन ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]