सिड्नीमा नेपाली समुदायमाझ डे-नाइट क्रिकेट “क्याम प्रिमियर लिग” हुँदै

२०७९ फाल्गुन १६, मंगलवार २०:५२

क्याम युथ एसोसिएसनले अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायमाझ पहिलो पटक क्लब डे-नाइट क्रिकेट प्रतियोगिता “क्याम प्रिमियर लिग” CAM Premier League आयोजना गर्ने भएको छ।

“Together We Can” अर्थात् “संगै हामि सक्छौं” नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता मार्च १९ तारिख देखि सुरु भइ मध्य मध्य जुनसम्म चल्नेछ। खेलहरु प्रत्येक सप्ताहान्तमा हुनेछ।

एसोसिएसनको आयोजनामा दोश्रो सिजन प्रतियोगिता आयोजना हुन लागेको हो जसमा कुल १६ टोलि सहभागी हुनेछन्। खेलहरु ब्रेसिंगटन पार्क , साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा खेलिनेछ।

नेपाली समुदायलाई क्रिकेटमार्फत चिनाउने, नेपाली खेलाडीलाई व्यवसायिकताको दिशा दिने , मानसिक तनाव भएका खेलाडीलाई खेल मार्फत सहायता दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका निर्देशक मुस्कान पाण्डे बताउछन्।

“नेपाली समुदायलाई क्रिकेट मार्फत चिनाउने प्रमुख उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेका हौँ। प्रतियोगिताले खेलाडीहरुलाई प्रोत्साहन मिल्नेछ भने व्यवसायिक खेलाडी बन्न प्रेरणा समेत मिल्नेछ। साथै मानसिक तनाव, डिप्रेसनमा भएका खेलाडीहरुलाई पनि खेलमार्फत सहायता दिने उद्देश्य छ।” पाण्डेले बताए।

प्रतियोगिताको उद्घाटन खेल पहिलो सिजनको उत्कृस्ट एघार जनाको टोलि र जेनएक्स उत्कृस्ट एघार बीच खेलिनेछ। उद्घाटन खेलको नारा “SAY NO TO SUICIDE” हुनेछ। अस्ट्रेलियाको नेपाली समुदायमा बढ्दोआत्महत्याको घटनालाई कम गर्ने प्रयास स्वरूप एसोसिएसनले उक्त नारा लिएको हो।

प्रतियोगिताको विजेता टिमले ६ हजार अस्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्ने निर्देशक पाण्डेले जानकारी गराए। यस्तै उपविजेताले २ हजार अस्ट्रेलिया डलर प्राप्त गर्नेछ। यस्तै प्लेयर अफ द सिरिजले ५ सय डलर प्राप्त गर्नेछ। यस्तै अन्य विधाका उत्कृस्ट खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितालाई किंग्सटन इन्स्टिच्युट अस्ट्रेलियाले मुख्य प्रायोजन गरेको छ। उपविजेताको पुरस्कार प्रायोजन रे प्रोपर्टिजले गरेको छ। प्लेयर अफ द सिरिजको प्रायोजकमा सफल एजुकेसन एण्ड भिसा सर्भिसेज, उत्कृस्ट ब्याट्सम्यानको प्रायोजकमा इम्पेरीयल कलेज, उत्कृस्ट बलरको प्रायोजकमा फिक्सर अटो मोबाइल्स र प्लेयर अफ द म्याचको प्रायोजकमा एससी ट्रान्सपोर्ट रहेको छ।  यस्तै प्रतियोगितालाई केटिएम कन्सल्टिंग, कार्ल्टन ग्रोसरी र सिड्नी प्रिन्ट एण्ड डिजाइनले पनि साथ दिएको छ।

प्रतियोगिताको खेलहरु फेसबुक र युट्युबमा समेत प्रत्यक्ष हेर्न सकिनेछ भने प्रत्यक्ष स्कोर क्रिक्क्लब एप मार्फत हेर्न सकिनेछ।

गत सिजन प्रतियोगिताको उपाधि बुद्ध भुमि क्रिकेट क्लबले जितेको थियो जुन क्रममा उसले वेस्ट युनाइटेड क्रिकेट क्लबलाई पराजित गरेको थियो। गत सिजन विजेताले ५ हजार अस्ट्रेलियन डलर पुरस्कार पाएको मा यो पटक विजेता पुरस्कार राशिमा वृद्धि गरिएको हो।

गत सिजन CAM Premier League बुद्ध भुमि क्रिकेट क्लबले जितेको थियो

क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब , वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई  ग्लोबल क्रिकेट क्लब, रोयल खुकुरी क्रिकेट क्लब, बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लब प्रतियोगितामा सहभागी टोलिहरु हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy