नेपाली यू-१९ क्रिकेट टोली आज फर्किँदै

२०७९ फाल्गुन १९, शुक्रबार ११:५२

काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टिम आज आज स्वदेश फर्किँदैछ ।

आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy