ECA T20: हानामी वारियर्सको दोश्रो जित

२०७९ फाल्गुन २१, आईतवार २३:१३

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगितामा हानामी वारियर्सले नेप्लीज क्यानेडियन क्रिकेट क्लब माथि ३५ रनको जित दर्ता गर्दै प्रतियोगितामा पुनरागमन गरेको छ।

सौराहा स्याण्डरसंग एक विकेटको झिनो हार बेहोरेको हानामी वारियर्सले आजको खेल जित्दै प्रतियोगितामा ३ खेलमा २ मा जित दर्ता गरेको छ।

टिकौली खेल मैदान टस जितेर ब्याटिङ रोजेको हानामी वारियर्सका राम बिक्रम कार्कीले सानदार ब्याटिङ गर्दै हानामी वारियर्सलाई खेलमा फर्काएका थिए। हानामी वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४१ रन जोडेको थियो।

हानामी वारियर्सका ओपनर ब्याटर तथा कप्तान आकाश थापाले ३० बलमा १९ रन प्रहार गरे। उत्सव श्रेष्ठले २० बलमा २१ रन जोडे। मिडल अडर ब्याटर राम बिक्रम कार्की अर्धसतक बाट ५ रनले चुके। उनले ३० बलमा ५ चौका र २ छक्काको मद्दतमा ४५ रन प्रहार गरे। १९.२ ओभरमा ठुलो सट प्रहार गर्ने धुनमा रामलाई अभिषेक कार्कीले बोल्ड गरेका थिए। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।

नेप्लीज क्यानेडियन क्रिकेट क्लबका अभिषेक कार्कीले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए। बिशाल पौडेल , नविन यादव र लक्की सापकोटाले एक-एक विकेट लिए।

१४१ रनको लक्ष्य लिएर मैदान आएको नेप्लीज क्यानेडियन क्रिकेट क्लबका कुनै पनि ब्याटर क्रिजमा जम्मन नसक्दा १७.२ ओभरमा सबै विकेट गुमाउदै १०६ रन जोड्यो। नेप्लीज क्यानेडियन क्रिकेट क्लब रबिन्द्र तिमल्सिना र नबिन यादवले सम्मान १९ रन जोडे। अभिषेक कार्कीले १८ रन प्रहार गरे। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।

हानामी वारियर्सका स्पिनर क्रिजन गुरुङले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए। उनले दुवै ओपनर ब्याटर नबिन यादव र रविन्द्र तिमल्सिनाको विकेट लिएका थिए। मिलन आचार्यले ३ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए। उनले नेप्लीज क्यानेडियन क्रिकेट क्लबका कप्तान गौतम केसीलाई एलबिडब्लुको धरापमा पारेका थिए।

खेलको म्यान अफ द म्याच राम बिक्रम कार्की भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy