विश्वकप लिग टु : आज नेपाल र युएई भिड्दै

२०७९ फाल्गुन २८, आईतवार ०६:५९

आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ।

टियु क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुनेछ। नेपालले अघिल्लो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। युएई पीएनजीसँग ५६ रनले पराजित भएको छ।

नेपाल आजको खेल जित्दै अन्तिम चारमा रहन चाहन्छ। नेपालले युएई भ्रमणमा तीन जित निकालेको थियो। नेपाली टिमले पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल छ।

अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अङ्क बटुलेको थियो। आजको खेल जिते नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ। नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जिते नेपाल शीर्ष तीनमा रहने छ।

अङ्क तालिकामा नेपालले ३३ खेलमा ३४ अङ्क बनाएको छ। समान ३३ खेल खेलेको युएईको ३१ अङ्क छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौँ स्थानमा झरेको छ।

सातौँ स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अङ्कसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अङ्क छ। ३९ अङ्कसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अङ्कसहित अमेरिका चौथो स्थानमा छ।

स्कटल्यान्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy