गुलशन र आरिफ शेखलाई दुई-दुई लाख रुपैयाँ दिने मधेस प्रदेशको घोषणा

२०७९ चैत्र २, बिहीबार २३:१४

आइसिसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन्।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाई दिएका हुन्।

यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे।

यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहन स्वरूप मधेस प्रदेश सरकारको तर्फबाट दुई-दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy