तिलोत्तमाले कुशल भुर्तेललाई नगदसहित सम्मान गर्ने

२०७९ चैत्र ४, शनिबार ०६:४२

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने निर्णय गरिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए।

नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेर देशको नाम राख्न सफल भएकाले उनलाई सम्मान गर्ने निर्णय गरिएको नगरप्रमुख खाँणले बताए। क्रिकेटर भुर्तेल तिलोत्तमा नगरपालिका वडा नं. ९ का स्थानीयवासी हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान भुर्तेलको राम्रो प्रदर्शनले नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ बाट विश्वकप क्वालिफायरमा छनोट भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy