आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने यस अवार्ड जित्ने क्रममा आसिफले इङ्ल्यान्डका बेन स्टोक्स र जस बटलरलाई पछि पारे ।

गत वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले देखाएको खेल भावनाको कदर गदै उनलाई यस अवार्ड प्रदान गरिएको हो ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । आसिफको उक्त निर्णयलाई त्यतिवेलै सन्सारभरका क्रिकेट प्रेमीले प्रशंसा गरेका थिए । एमसिसीले सिएमजे स्प्रिरिट क्रिकेट अवार्ड २०१३ देखि प्रदान गर्दै आएको छ ।

यसअघि पनि आसिफलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) प्रदान गरिएको थियो ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]