नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो ।

नेपालले पछिल्लो एक महिनामा चार स्थान सुधार गरिसकेको छ । आईसीसी विश्वकप लिग–२ को पछिल्ला १२ खेलमा ११ खेल जितेपछि नेपालको वरीयतामा उल्लेख्य सुधार भएको हो । नेपाल यसअघि १६औं स्थानमा थियो ।

नेपालले हालै घरेलु मैदानमा सम्पन्न लिग–२ अन्तर्गत पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको त्रिदेशीय सिरिजमा क्लिन स्वीप गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो । वरीयतामा नेपालभन्दा पछि ओमान १६ औं, नामिबिया १७औं, अमेरिका १८औं, युएई १९औं र पीएनजी २०औं स्थानमा छ ।

यसैगरी भारत शीर्षस्थानमा यथावत् छ । अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो, इङ्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलङ्का आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान १०औं स्थानमा छ ।

यस्तै आयरल्यान्ड ११औं, स्कटल्यान्ड १२औं, जिम्बावे १३औं र नेदरल्यान्ड्स १४औं स्थानमा छ । टी–२० वरीयतमा भने नेपाल १६औं स्थानमा यथावत् छ । एजेन्सी





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]