‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

२०७९ चैत्र ९, बिहीबार १८:०३

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद ड्राफ्टमा छन् ।

द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीप र अर्जुन अटाएका हुन् । नेपालबाट ड्राफ्टमा सन्दीप र अर्जुन मात्र अटाएका हुन् ।

सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy