एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिवि मैदानमा बिहीबार भएको खेलमा एपएिफले मधेश प्रदेशलाई १० विकेटले हरायो । यसअघि उद्घाटन खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर–११ लाई ५१ रनले हरायो ।

जितका लागि ५९ रनको लक्ष्य पछ्याएको एपीएफले ७.३ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको थियो । एपीएफका लागि कप्तान सीता रानामगरले अविजित ४५ र ज्योती पान्डेले आठ रन बनाइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ मधेशल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ५८ रन बनाएको थियो । मधेशका साना प्रविनले २५ रन बनाइन् अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा एपीएफकी सोनु खड्काले चार र सीता राना तीन विकेट लिइन् ।

यस्तै अर्को खेलमा जितका लागि सुदूरपश्चिमले दिएको एक सय ३८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रनमा समेटिएको थियो ।

ललितपुरका लागि लक्ष्मी चौधरीले २५ तथा हेलिसा गुरुङले १९ रन बनाइन् । बलिङमा सुदूरपश्चिमका लागि रितु कौनोजियाले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित ५२ रन बनाइन् ।

कविता जोशीले अविजित २७ र रुवि पोदारले २८ रन बनाइन् । बलिङमा ललितपुरका कृतिका मरासिनीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिइन्।

प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ रहेका छन् । लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल चैत १४ गते हुनेछ ।

 





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]