सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको एक खेल अगावै फाइनलमा पुगेको हो ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई सात विकेटले हरायो । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन् । कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १८ रन जोडिन् ।

बलिङमा कोशीकी अलिशा खडिया, कप्तान रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८७ रन बनाएको थियो । कोशीका लागि काजल श्रेष्ठले २९ रन बनाइन्। कप्तान रुविना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन जोडिन्।

बलिङमा एपीएफकी कप्तान सिता रानामगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन् । लगातार तेस्रो जितसँगै एपीएफले ६ अङ्क बनाएको छ ।प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ ।

जसमा सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ रहेका छन् । लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]