चैत २७ देखि ऋचा मेमोरियल क्रिकेट

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएका छन् । नेपाली क्रिकेटका अग्रज श्रेष्ठको परिवार नै क्रिकेटमा समर्पित रहँदै आएको छ ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको नाममा सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता लिग कम नकआउट नियमा चैत २७ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने श्रेष्ठले बताए । नरेश नेपाल क्रिकेट संघ (क्यान) को तीन दशकसम्म केन्द्रीय सदस्य रहेका थिए । साथै उपाध्यक्ष रहँदै हाल उनी वरिष्ठ सल्लाहकार हुन् । त्यसैगरी उनका दुई छोरा यूनिल श्रेष्ठ र मन्जित श्रेष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा खेलाडी थिए । यूनिल अहिले राष्ट्रिय टिम छनोटकर्तामध्येका एक सदस्य हुन् भने मन्जित नेपाल प्रहरी टिमबाट व्यवसायिक क्रिकेट खेल्दै छन् ।

श्रेष्ठ परिवारकी एक मात्र छोरी ऋचाको ब्लड क्यान्सरका कारण दुई वर्षअघि अष्ट्रेलियामा मृत्यु भएको थियो । उनकै नाममा परिवारले करिब ३० लाखको लागतमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान) र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित नेपाल र भारतका खेलाडी मिलाएर बनाएको एनबीएससी क्रिकेट टिम, विराटनगरको वाईआरसीसी, सुदूरपश्चिको डडेलधुरा लगायत भारतको दिल्ली र बिहारको नरपथगन्ज क्रिकेट क्लबको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने आयोजकले बताएको छ । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ । विराटनगर जुट मिलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल त्रिभुवन आर्मी र बिहारको नरपथगन्ज क्रिकेट टिमबीच हुने खेल तालिका छ । यो प्रतियोगितालाई हरके वर्ष निरन्तरता दिइने श्रेष्ठले बताएका





थप समाचार

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]