बुद्ध भूमि र क्याम युथ विजयी

काठमाडौं, चैत २७– युवराज मल्लको अलराउन्ड प्रदर्शन प्रेरित बुद्धभूमि क्रिकेट क्लबले दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा पाँच विकेटको जित निकालेको छ ।

क्याम युथ एसोसिएसनको आयोजनामा जारी लिगमा बुद्धभूमिले एक्स्ट्राटेक क्रिकेट क्लबमाथि सहज जित निकाल्दा अमदब्लाम ब्लेजर्स, क्याम युथ र सिम्रिक ब्वाइज क्रिकेट क्लबले सुखद सुरुआत गरेका हुन् । अमदब्लामले चितवन राइनोजलाई १२ रन, क्याम युथले जिएनआर क्रिकेट क्लबलाई दुई विकेट र सिम्रिकले हाम्रो युथ क्रिकेट क्लबलाई आठ विकेटले हराउँदै सुखद सुरुआत गरे । बुद्धभूमिको जितमा युवराजले अर्धसतकीय योगदान दिँदा विकेट पनि लिए ।

ब्रजिङ्स्टन पार्कमा एक्स्ट्राटेकले दिएको ८३ रनको लक्ष्य बुद्ध भूमिले पाँच विकेटको क्षतिमा मात्र १२ ओभरमा पूरा गर्यो । युवराजले ३१ बलमा ५२ रनको अर्धसतकीय इनिङ खेल्दै बुद्धि भूमिलाई सहज जित दिलाए । एक्स्ट्राटेकका नीरजले तीन तथा आदित्य र रामसुरतले समान १÷१ विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । युवराजकै किफायती बलिङप्रेरित बुद्ध भूमिले एक्स्ट्राटेकलाई १७.३ ओभरमा ८२ रनमै अलआउट गर्यो । चार ओभरमा युवराजले दुई विकेट लिँदा १७ रन मात्र खर्चिए । सागरले तीन तथा विजयको नाममा एक विकेट रह्यो ।

त्यस्तै किरण बास्यको अलराउन्ड प्रदर्शनमा सिम्रिक ब्वाइजले हाम्रो युथ क्रिकेट क्लबमाथि आठ विकेटको जित निकाल्यो । ९१ रनको लक्ष्य सिम्रिकले १४.२ ओभरमा मात्र दुई विकेटको क्षति पूरा गर्यो । सिम्रिक ब्वाइजको जितमा आकाशले ३६ रन, सरोजले ३१ रन र किरणले १५ जोडे । त्यसअघि ब्याटिङ गरेको हाम्रो युथ १६ ओभरमा १ १२ ओभरमा ९० रनमै समेटियो । हाम्रो युथका लागि निश्चिलले सर्वाधिक ३४ रन बनाए । सिम्रिकका सञ्जयले तीन विकेट तथा आकाश र किरणले २÷२ विकेट निकाले ।

सुदर्शन थापाको अलराउन्ड प्रदर्शनको मद्दतमा क्याम युथले जिएनआर क्रिकेट क्लबमाथि दुई विकेटको जित निकाल्यो । पहिले ब्याटिङ गरेको जिएनआरले दिएको ८९ रनको लक्ष्य क्याम युथले दुई बल बाँकी छँदा आठ विकेटको क्षतिमा पूरा गर्यो । सुदर्शनले ३६ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे । उनकै किफायती बलिङसँगै दुई विकेट प्रेरणामा क्याम युथले जिएनआरलाई १९.२ ओभरमा ८८ रनमै अलआउट गर्यो । क्याम युथका मुस्कान र विजयले थप २/२ विकेट लिँदै किफायती बलिङ गरे ।

त्यस्तै भूपेन्द्र थापा क्षेत्रीको आक्रामक ब्याटिङ प्रेरणामा अमदब्लामले चितवन राइजनोज क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्यो । भुपेन्द्रको ७२ रनको मद्दतमा अमदब्लामले निर्धारित २० ओभर ब्याटिङ गर्दै १४१ रनको जोड्यो । जबाफमा चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवन १९.२ ओभरमा १२९ रनमै समेटियो । चितवनका लागि अनिलले ३६ रन र प्रज्ञानले २४ रन जोडे पनि जितका लागि पर्याप्त भए ।

अर्को खेलमा द नेक्स्ट राइजिङ क्रिकेट क्लबले वेस्ट युनाइटेड क्रिकेट क्लबमाथि १० विकेटको रबाफिलो जित निकाल्यो । १११ रनको मध्यम लक्ष्य द नेक्स्ट राइजिङले बिनाविकेट १२ ओभरमा पूरा गर्यो । द नेक्स्टको जितमा युवराज जैशी ५९ रन र पुरुषोत्तमले ३५ रनमा अविजित रहे ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]