ऋचा मेमोरियल : एपिएफ र राहुल ११ विहार विजयी

प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ र भारत बिहारको राहुल ११ नरपथगञ्जले विजय सुरूवात गरेका छन् ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा नगरपथगन्जले विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनायो ।

आर्मीले दिएको १२५ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १६.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नरपथगञ्जका रवि रोयले ३० बलमा समान ३ चौका र ३ छ्क्का प्रहार गरी ४० रन बनाए ।

भानु आन्दले ३३ र अमर चौधरीले २० रनको योगदान दिए । आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ तथा सुशान्त विराजले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७.४ ओभरमा सबै विकेट गुमाएर १२४ रनमा अलआउट भयो । आर्मीका हरी चौहानले ४० बलमा ४ चौका र ६ छकक् प्रहार गरी ६३ रन बनाए । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गरे ।

नरपथगञ्जका श्रवन वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए ।

म्यान अफ द म्याच नरपथगञ्जका श्रवन घोषित भए ।

दोस्रो खेलमा एपीएफले वाईआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले नै हरायो । ११६ रनको लक्ष्य पछ्याएको एसपीएफले १७.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

एपीएफका पुरन बिकले २७ र अरुणले २६ रन बनाए । अमरसिंह रौटेलाले २२ रन बनाए ।

बलिङमा वाईआरसीसीका कमल खत्री र हर्षले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वाईआरसिसीले १८. ५ बलमा सबै विकेट गुमाएर ११५ रनमा अलआउट भयो ।

वाईआरसिसीका अलराउन्डर हर्षले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरी ४४ रन बनाए ।

एपीएफका पुरन बिकले ३.५ बलमा २६ रन खर्चेर ४ विकेट लिए । अमरसिंह रौटेलाले ३ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका एपीएफका रौटेल म्यान अफ द म्याच पनि घोषित भए ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगिता वैशाख ३ गतेसम्म चल्ने छ र प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता छ ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किट पाउनेछ ।





थप समाचार

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]