नेदरल्यान्ड्ससँग पराजीत भएसँगै समुह चरणबाटै बाहीरीयो नेपाल

Bhim Sharki

नेपाल जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा शनिबार भएको समूह ‘ए’ को जित्नै पर्ने अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटको लज्जासपद हार खेपेपछि नेपाल विश्वकप छनोटको यात्रा समूह चरणमै सकिएको हो ।

नेपालको हारले समूह ‘ए’ बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा प्रवेश गरेका छन् । अमेरिका यसअघिनै बाहिरिसकेको छ । जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले २७.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जिम्बावेका लागि म्याक्स ओडोडले सर्वाधिक ९० रन बनाए । यस्तै वास डी लिडेले अविजित ४१ र विक्रमजित सिंहले ३० रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले दुई र गुलसन झाले एक विकेट लिए ।

यसअघि टस हारेरपहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । नेदरल्यान्ड्सले कसिलो बलिङ सामु नेपाली ब्याटर निरिह देखिएका थिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन बनाए। ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७/२७, भीम सार्कीले २२, गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शून्य रनमा आउट भए ।

बलिङमा नेदरल्यान्ड्सका लागेन भान वीकले चार विकेट लिए। विक्रमजित सिंह र बास्ले लिडेले दुई दुई तथा क्लेटोन फ्लोयड र आर्यान दत्तले एक एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

यता तीन खेल सकेको नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेदरल्यान्ड्सले समूहको अन्तिम खेल सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल–११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]