बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य ३ बल बाँकी रहंदा पछ्याउदै बजाज खडक वारियर्सले उपाधि आफ्नो पक्षमा पर्यो।

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए। सुश्लिंगले अविजित ४६ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौ विकेटको लागि बिबेक यादवसंग ३० रनको, छैठौं विकेटको लागि दिनेश अधिकारीसंग ३६ रनको तथा सातौँ विकेटको लागि अनिल यादवसंग अविजित २२ रनको साझेदारी गरे।

रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा ८ बलमा जित्न २० रन आवस्यक थियो। सो अवस्थामा राशिद खानले गरेको १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे। अन्तिम ओभरमा १२ रन आवस्यक रहंदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।

वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए। कन्चनरुपको बलिंगमा चित्र बिस्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनायो।

कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए।

बजाज खडक वारियर्सको बलिंगमा कप्तान बिबेक यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १/१ विकेट लिए।

प्रतियोगिताको उपाधि सहित बजाज खडक वारियर्सले तिन लाख रुपैयाँ हात परेको छ। उपविजेता कन्चनरुप राइनोजले एक लाख पचास हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित कन्चनरुप राइनोजका राशिद खान घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृस्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित भए। उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपैयाँ पाए। यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]