इतिहासमै पहिलो पटक वेस्टइन्डिज विश्वकप छनोट हुन असफल

२०८० असार १६, शनिबार २०:२२

दुईपटकको आइसिसी एकदिवसीय विश्वकप विजेता टिम वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। जितसंगै स्कटल्याण्डले विश्वकप छनोट हुने सम्भावना जिवितै राखेको छ।

जिम्बाब्वेमा जारि आईसीसी विश्वकप छनोटको सुपर सिक्स चरणको पहिलो खेलमा स्कटल्याण्डसंग ७ विकेटले पराजित भएसंगै क्यारेबियन देशको भारतमा अक्टोबरमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकप खेल्ने ढोका बन्द भएको हो। सन् १९७५ मा पहिलो संस्करण देखि विश्वकप खेलेको वेस्टइन्डिजले लगातार १२ वटा विश्वकपमा सहभागिता जनाइसकेको छ। सन् १८७५ र १९७९ मा गरि दुई पटक उसले विश्वकप उपाधि उचालेको थियो।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा जितको लागि वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।

टस हारेर ब्याटिंग गरको वेस्टइन्डिजले ४३.५ ओभरमा १८१ रनमा सबै विकेट गुमायो। उसको लागि जेसन होल्डरले ४५ तथा रोमारियो शेफर्डले ३६ रन योगदान दिए। स्कटल्याण्ड बलर ब्रेण्डन म्याकमुलेनले ३ तथा क्रिस सोल, मार्क वाट र क्रिस ग्रिभ्सले २/२ विकेट लिए।

१८६ रनको लक्ष्य स्कटल्याण्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर भेटायो। उसको लागि म्याथु क्रसले अविजित ७४ तथा ब्रेण्डन म्याकमुलेनले ६९ रन बनाए। दोश्रो विकेटको लागि क्रस र म्याकमुलेनले १२५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy