ओमानको लज्जास्पद प्रदर्शन, इमर्जिंग एसिया कपको सेमीफाइनल पुग्ने ४ टिमको टुंगो लाग्यो

२०८० श्रावण २, मंगलवार २०:१६

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा श्रीलंका ए ले ओमान ए लाई विशाल अन्तरले पराजित गरेको छ।

श्रीलंकाले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा ओमान १७.१ ओभरमा ४२ रनमै समेटिए पछि २१७ रनको जित दर्ता गरेको हो। ओमानले बनाएको ४२ रन प्रतियोगिताकै कम योगफल हो।

ओमानको लागि ओपनर कश्यप प्रजापतिले १८ तथा सुरज कुमारले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

श्रीलंकाको बलिंगमा चमिका करुनारत्नेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ३ रन खर्चिए। दुनिथ वेल्लालागे, प्रमोद मदुशान, लाहिरु समाराकुनले समान २ विकेट तथा सहान अराचिगेले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट क्षेतीमा २५९ रन बनायो। उसको लागि पासिन्दु सोरियाबन्दाराले ६०, सहान अराचीगेले ४८ तथा लासिथ क्रोसपुल्लेले ४२ रन बनाए। ओमानको बलिंगमा अकिब इल्यासले ४ तथा आयान खान र जय ओडेड्राले २/२ विकेट लिए।

आजै सम्पन्न अर्को खेलमा बंगलादेश ए ले अफगानिस्तान ए लाई २१ रनले पराजित गर्यो। बंगलादेशले दिएको ३०९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २८७ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित भएका बंगलादेशका महमदुल हसन जोयले १०० रन तथा जाकिर खानले ६२ रन बनाए।

श्रीलंका र बंगलादेश सेमीफाइनलमा 

आजको खेल संगै समुह ए र समुह बि बाट सेमीफाइनल पुग्ने टिमको टुंगो लागेको छ। समुह ए बाट श्रीलंका र बंगलादेश तथा समुह बि बाट भारत र पाकिस्तानले सेमीफाइनलमा स्थान पक्का गरेका हुन्। ३ खेलमा २ जित र १ हार पछि समान ४ अंक भएता पनि नेट रन रेटमा पछि परेपछि अफगानिस्तान सेमीफाइनल पुग्न सकेन। ओमान तिन वटै खेलमा पराजित भयो। समुह बि मा रहेका नेपाल र युएई आफ्नो दुवै खेलमा पराजित हुँदा एक खेल अगावै बाहिरिसकेका छन्। नेपालले भोलि अन्तिम खेलमा युएई ए संग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy