श्रीलंकामा सुरु भयो नेपालको हाई-परफरमेन्स क्याम्प

२०८० श्रावण ५, शुक्रबार ११:०७

एसिया कपको तयारीस्वरूप नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी ( हाई-परफरमेन्स क्याम्प ) सुरु गरेको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले सामाजिक सन्जाल मार्फत एसीसी इमर्जिंग टिम्स कप सकिएलगत्तै श्रीलंकामा हाई-परफरमेन्स क्याम्प सुरु भएको जानकारी गराएको छ। नेपाली टिमलाई एसिया कप जस्तो ठूलो स्तरको प्रतियोगिताको लागि तयार गर्न क्याम्प आयोजना गरिएको क्यानले बताएको छ।

१५ दिन सम्म चल्ने क्याम्पको दौरान नेपाली टिमले स्तरीय अभ्यास संगै श्रीलंकाको डेभलभमेन्ट टिमहरुसंग चारवटा अभ्यास खेल पनि खेल्नेछ।


क्यानले अभ्यासको लागि स्तरीय टिमहरु उपलब्ध गराउने प्रतिवद्दता गरेकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको उल्लेख गरेको छ।

एकदिवसीय फर्म्याटमा आयोजना हुने एसिया कप ३० अगस्ट देखि १७ सेप्टेम्बरसम्म आयोजना हुनेछ। एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ३० अगस्टमा पाकिस्तानसंग पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा खेल्नेछ। यस्तै दोश्रो खेल ४ सेप्टेम्बरमा भारतसंग खेल्नेछ जुन खेल भने श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ।

प्रतियोगितामा पहिलो पटक छनोट भएको नेपाल समुह ‘ए’ मा छ जुन समुहमा पाकिस्तान र भारत छन्। समुह ‘बि’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। समुह चरणमा सबै टिमले एक अर्का संग १/१ खेल खेलेपछि दुई समुहबाट २/२ टिम सुपर-४ चरण प्रवेश गर्नेछन्।

सम्बन्धित : 

एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसंग मुल्तानमा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy