नेपाल क्रिकेट संघ ( क्यान ) का सल्लाहकार तथा पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको शुक्रबार उपचारको क्रममा काठमाडौँ टिचिंग अस्पतालमा निधन भएको छ।
श्रेष्ठ राष्ट्रिय क्रिकेटरद्वय युनिल श्रेष्ठ र मन्जित श्रेष्ठका पिता समेत हुन्।
नेपाली क्रिकेट विकासमा निकै लामो योगदान दिएका श्रेष्ठलाई सन् २००९ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आईसीसी शताब्दी पदकबाट सम्मानित गरेको थियो।
श्रेष्ठको निधन पछि नेपाल क्रिकेट संघले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली अर्पण गरेको छ।
