क्यानले ६ क्रिकेटरलाई भारतमा प्रशिक्षण गर्न पठायो

२०८० श्रावण २०, शनिबार २०:५५

नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना क्रिकेट खेलाडीलाई एक महिना विशेष प्रशिक्षण गर्न भारत पठाएको छ ।

क्यानले प्रशिक्षणका लागि दायाँ हाते पेसर कमलसिंह ऐरी, बायाँ हाते पेसर कमल खत्री, विकेटकिपर दायाँ हाते ब्याट्सम्यान विनोद भण्डारी, विकेटकिपर ब्याट्सम्यान लोकेश बम, देब्रे हाते स्पिनर सागर ढकाल र दायाँ हाते फास्ट बलिंग अलराउण्डर विवेक यादवलाई दिल्ली पठाएको हो । खत्री बाहेक अन्य सबै राष्ट्रिय टिमको लागि खेलीसकेका क्रिकेटर हुन्।

क्यानले कोशी प्रदेशका कमल खत्रीलाई पनि प्रशिक्षकमा पठाएको छ। अग्ला कदका देब्रे हाते पेसर खत्रीले बिगत केहि वर्ष देखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नेट बलरको भूमिका नियमित निभाउदै आएका छन्। घरेलु टि -२० लिग पोखरा प्रिमियर लिग खेलेका खत्रीलाई राष्ट्रिय टिममा देब्रे हाते फास्ट बलरको बिकल्पको रुपमा तयार गर्न लागिएको हो।

यस्तै क्यानले पछिल्लो समय राष्ट्रिय टिममा स्थान बनाउन नसकेका बिनोद भण्डारीलाई पनि भारत प्रशिक्षणमा पठाएको छ। भण्डारीलाई एसियन गेम्सको लागि समेत टिममा समावेश गरिएको छ। गत वर्ष देखि राष्ट्रिय टिममा स्थान बनाउन असफल विवेक यादव, सागर ढकाल, लोकेश बम पनि भारत गएका छन्। दायाँ हाते फास्ट बलिंगको बिकल्पको रुपमा हेरिएका अर्का पेसर कमल सिंह ऐरी पनि प्रशिक्षणमा सहभागी छन्।

Pradeep Sahu

यी ६ खेलाडीले भारतमा मुख्य प्रशिक्षक मोन्टी देसाईको निरिक्षणमा प्रदीप साहुसँग प्रशिक्षण लिने पनि क्यानले जनाएको छ ।

इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा राजस्थान रोयल्स र पन्जाब किंग्सको प्रतिनिधित्व गरेका लेग स्पिनर साहुले नेपालको एभरेस्ट प्रिमियर लिग पनि खेलीसकेका छन्। उनले अस्ट्रेलियन क्रिकेट टिममा सहायक स्पिन बलिंग प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ।

पछिल्लो समय नेपालमा घरेलु क्रिकेट नहुँदा नेपाली राष्ट्रिय क्रिकेटरहरु साहुको एकेडेमीमा अभ्यास गर्दै आएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy