पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्य चयन

२०८० श्रावण ३०, मंगलवार २१:४०

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्यमा चयन भएका छन् ।

मङ्गलवार सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् ।

खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् ।

काठमाडौँ जिल्लाको उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनीत ध्वज चन्द सर्वसम्मत निर्वाचित भए ।

सदस्यहरूमा पारससँगै अमृता पौडेल, मनिष कुमार ढुङ्गेल, अरुण सत्याल, विजय शर्मा, रितेश डङ्गोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योति गुरुङ छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy