क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काको उम्मेद्वारी

२०८० भाद्र ८, शुक्रबार १९:०६

paras khadka bagmati province

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट सङ्घका कार्य समिति सदस्य हुन् ।

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्षहरूले समर्थन गर्ने घोषणा गरेका छन् ।


प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्त्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरू सहमति भएको भक्तपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिषराज पाण्डेले बताए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy