मानसिक रुपमा तयार नभएको बताउदै सन्दिप एसियन गेम्स खेल्न नजाने

२०८० आश्विन ८, सोमबार १९:२७

क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो । नेपाली टिम आइतबार चिन प्रस्थान गरिसकेको छ।

तर उनले मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् । सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।

सन्दिपको प्रतिस्थापनमा अर्को खेलाडी चिन पठाउने सम्भावना पनि कम रहेको छ। घाइते खेलाडी ललित राजवंशीको स्थानमा टिममा समावेश गरिएको देब्रे हाते स्पिनर सागर ढकाल पनि अझै चिन गएका छैनन्।

क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy