मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको छ।

स्कोरकार्ड 

झेजियांग युनिभर्सिटी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलियाले १३.१ ओभरमा ४१ रनमा सबै विकेट गुमायो।

मंगोलियाको लागि दाभानसुरेनले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा करन केसी, अविनाश बोहरा र सन्दिप लामिछानेले २/२ तथा सोमपाल कामि, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३१४ रन बनायो।

नेपालको ब्याटिंगमा कुशल मल्लले अविजित १३७ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २७ बलमा२ चौका र ६ छक्का मद्दतले ६१ रन बनाए भने दिपेन्द्र एरीले १० बलमा ८ छक्का मद्दतले अविजित ५२ रन बनाए।

खेलमा बनेका विश्वविश्वकीर्तिमान

सबैभन्दा ठूलो योगफल : ३१४ रनको योगफल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएको सबैभन्दा ठूलो योगफल हो। पहिलो पटक कुनै देशले टि-२० अन्तर्राष्ट्रियमा तिन सय रनको योगफल पार गरेको हो। यस अघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध तथा चेज रिपब्लिकले टर्की विरुद्ध सन् २०१९ मा २७८ रनको योगफल बनाएका थिए जुन रेकर्ड नेपालले पछि पारेको हो।

सबैभन्दा छिटो शतक : खेलमा देब्रे हाते ब्याट्सम्यान कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्वरेकर्ड बनाए। यस अघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेज रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए जसलाई कुशलले पछि पारेका हुन्।

सबैभन्दा छिटो अर्धशतक : युवराज सिंहले २००७ मा इंग्ल्यान्ड विरुद्ध बनाएको १२ बलको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्र ऐरीले नयाँ विश्वरेकर्ड बनाएका छन्। ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गरेका हुन्। यस क्रममा उनले सामना गरेको पहिलो ६ बलमा छक्का गरेका थिए।

सबैभन्दा ठूलो साझेदारी : खेलमा तेश्रो विकेटको लागि कुशल मल्ल र रोहित पौडेलले गरेको १९३ रनको साझेदारी टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। न्युजिल्यान्डका ग्लेन फिलिप्स र डेभोन कन्वेले वेस्टइन्डिज विरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।

सबैभन्दा ठूलो रन अन्तरको जित : नेपालको २७३ रनको जित टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि यो रेकर्ड चेज रिपब्लिकको नाममा थियो जसले २०१९ मा टर्कीलाई २५७ रनले पराजित गरेको थियो।

सर्वाधिक छक्का : नेपालले खेलमा प्रहार गरेको २६ वटा छक्का टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै एकै इनिंग्समा प्रहार भएको सर्वाधिक छक्का हो। यस अघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो जसले आयरल्याण्ड विरुद्ध २०१९ मा २२ छक्का प्रहार गरेको थियो।

स्कोरकार्ड 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]