ICC CWC : बङ्गलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बङ्गलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए ।

अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।

यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२/२२ रन बनाए । बङ्गलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३/३ विकेट लिए ।

 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]