रोहितको कीर्तिमानी प्रदर्शनमा अफगानिस्तानमाथि भारतको सानदार जित

विश्वकप क्रिकेटमा कप्तान रोहित शर्माको कीर्तिमान प्रदर्शनमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ ।

दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो ।

भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भयो ।

यो रोहितको एक दिवसीय क्रिकेटमा ३१औँ र विश्वकप क्रिकेटमा सातौँ शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

यस्तै अफगानिस्तानविरुद्धको खेलमा विराट कोहली ५५ रनमा नट आउट रहे । ओपनर इशान किसन ४७ रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ‌ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]