सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

२०८० आश्विन २५, बिहीबार १९:२०

Sandeep Lamichhane

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्।

अनुपस्थित रहेका ९ जनामध्ये ६ जना सरुवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारी दाहालले जानकारी दिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy