एकदिवसीय विश्वकपमा भारतको लगातार छैठौं जित, इंग्ल्यान्ड खराब ब्याटिंग

इंग्ल्यान्डलाई १०० रनले पराजित गर्दै भारतले आईसीसी एकदिवसीय विश्वकप प्रतियोगितामा लगातार छैठौं जित दर्ता गरेको छ।

भारतको लखनउ स्थित एकाना क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३४.५ ओभरमा १२९ रनमा सबै विकेट गुमायो।

 

इंग्ल्यान्डको लागि लियाम लिभिंगस्टोनले सर्वाधिक २७ रन बनाए। डेभिड विलि र डेविड मलानले समान १६, मोईन अलिले १५, जोनी बेयरस्टोले १४ रन बनाए।

भारतीय बलर मोहम्मद शामीले सर्वाधिक ४ विकेट लिए भने जस्प्रित बुम्राहले ३, कुलदिप यादवले २ तथा रभिन्द्र जडेजाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनायो।

भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए जुन क्रममा १०१ बलमा १० चौका र ३ छक्का प्रहार गरे। सुर्य कुमार यादवले ४९ तथा केएल राहुलले ३९ रन बनाए। जस्प्रित बुम्राहले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनौं सकेनन्। रोहित र राहुलले चौंथो विकेटको लागि ९१ रनको साझेदारी गरेका थिए।

इंग्ल्यान्ड बलर डेभिड विलिले ३, क्रिस वोक्स र आदील रशिदले २/२ तथा मार्क वुडले १ विकेट लिए।

विश्वकपको अंकतालिका





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]