महिला राष्ट्रिय टिमको कप्तानी इन्दुलाई

नेपाल क्रिकेट संघ ( क्यान ) ले ११ वर्ष महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेकी रुबिना क्षेत्रीलाई कप्तान बाट हटाएको छ।

रुबिनाको स्थानमा अलराउण्डर इन्दु बर्मालाई नयाँ कप्तान नियुक्त गरिएको छ। यस्तै बिन्दु रावललाई उपकप्तान नियुक्त गरिएको छ। कप्तानबाट हटाइएता पनि रुबिना राष्ट्रिय टिममा भने निरन्तर छिन्।


सन् २०१२ मा क्यानले रुबिनालाई महिला टिमको कप्तानी सुम्पेको थियो। उनले त्यसबेला नेरी थापालाई प्रतिस्थापन गरेकी थिईन्। रुबिना सन् २००९ देखि राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएकी छिन्। उनको कप्तानीमा नेपालले २०१९ देखि २०२३ सम्म ४६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दा ३२ मा जित र १३ खेलमा हार बेहोरेको छ।

नव कप्तान इन्दु बर्मा सन् २०११ देखि नेपाली महिला राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै आएकी छिन्। दायाँ हाते ब्याटर तथा मिडियम पेस बलर इन्दुले २०१० मा नेपाली अन्डर-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेकी थिईन्। नेपालको लागि ४४ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेकी इन्दुले एक अर्धशतक मद्दतले ४९३ रन बनाउनुको साथै २३ विकेट पनि लिएकी छिन्।

हंगकंग सिरिजको लागि टिम घोषणा 

१५ देखि १९ नोभेम्बरसम्म हंगकंगमा आयोजना हुने चार देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको लागि क्यानले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

घोषित टिममा युवा खेलाडीहरुलाई प्राथमिकता दिंदै तथा कप्तान परिवर्तन गर्दै महिला क्रिकेटमा परिवर्तनको संकेत गरेको छ। टिममा युवा र फिट खेलाडीलाई प्राथमिकता दिईएको छ।

घोषित टिम : इन्दु बर्मा ( कप्तान ) , बिन्दु रावल ( उपकप्तान ) , रुबिना क्षेत्री, सिता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु बिस्ट, पुजा महतो, रोमा थापा, संगीता राई, खुशी डंगोल, सम्झना खड्का, सोनी पाख्रिन।

प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर १५ तारिखमा तान्जानियासंग, दोश्रो खेल नोभेम्बर १६ तारिखमा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ तारिखमा जापानसंग खेल्ने तालिकाछ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]