सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

२०८० कार्तिक २३, बिहीबार १८:१७

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् ।

त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ । बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy