राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज ।

सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज च्याम्पसले खडक क्वीनलाई ६ बिकेटले पराजित गर्दै चुमेको छ ।

राजबिराजले टस जिति पहिलो ब्याटिंगको लागि खडकलाई निम्तो दिएसंगै ब्याटिंग गर्न ओर्लेको खडकले निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई ९५ रनको योगफल तयार पारेका थिए । खडकका लागि मन्जु रामले १५ रनको योगदान दिएका थिए भने अन्य कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएनन ।

बलिंगतर्फ राजबिराजका साक्षि यादवले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १७ रन दिई ३ विकेट लिएका थिए भने आकृति मण्डलले २ तथा दिपा राम र सितल चौधरीले सामान १ विकेट लिएका थिए ।

९६ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराजले उक्त लक्ष्य सजिलै १७ ओभर ४ बलमा ४ विकेटको नोक्सानीमा भेटाएका थिए । राजबिराजलाई सहज जित दिलाउन कप्तान साक्षि यादवले ३४ बलमा ७ चौक्काको मद्धतले ४० रनको योगदान दिएका थिए भने निशु चौधरीले १७ रनको योगदान दिएका थिए । बलिंगतर्फ खडकका मन्जु राम र सन्तोषि चौधरीले सामान १ बिकेट लिएका थिए भने २ खेलाडि रन आउट भएका थिए ।

खेलको म्यान अफ द म्याच राजबिराजका साक्षि यादव भए भने प्रतियोगिताको उत्कृष्ट ब्याटर खडक क्वीनका अन्जली चौधरी उत्कृष्ट बौलर राजबिराज च्याम्पका दिपा राम तथा प्लेयर अफ द सेरिज साक्षि यादव भए ।

विजेता खेलाडिलाई सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, खडक नगरपालिकामा नगर प्रमुख जयप्रकाश चौधरी, सबल नेपालका सिनियर मैनेजर अशोक शाह, परमेश्वर झा, नेपाली राष्ट्रिय टिमका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, आईसिसि ट्युटर सारा बेग, पत्रकार मनोहर पोखरेल लगायतले पुरस्कार बित्तरण गरेका थिए ।

प्रमुख छनौटकर्ता चौधरी सम्मानित ।

नेपाली क्रिकेट टोलिले हाल पाउदै गरेको सफलता तथा बिश्व क्रिकेटमा नेपालको क्रिकेट बलियो रहेको प्रमाणित गरि सकेको छ । सोहि नेपाली टोलिलाई मजबुत बनाउन उत्कृष्ट खेलाडिहरु छनौट गरे वापत नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य छनौटकर्ता दिपेन्द्र चौधरीलाई सबल नेपाल र सप्तरी क्रिकेट संघले संयुक्त रुपमा सम्मान गरेको छ । सो संगै मेलवर्न क्रिकेट क्लबबाट आएका ६ बिदेशी प्रशिक्षकहरुलाई समेत सम्मानित गरिएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]