एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि, रुबिना सर्वोत्कृष्ट

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

 

जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६२ रन बनाईन् ।

रुविनाले ५८ बलमा सात चौका र एक छक्काको सहयोगमा अर्धशतकीय पारि खेलिन् । काजल श्रेष्ठले २२ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपीएफकी करुणा भण्डारी र सिता रनामगरले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उहाँले ४७ बल खेल्दै ५३ रनको योगदान दिईन् । ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाईन् ।

बलिङतर्फ कोशीका अप्सरी बेगमले ह्याट्रिक विकेट लिईन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिईन्। बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिएकी थिईन् ।

एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक एक विकेट झारिन् । उपाधिसँगै एपीएफले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपपिवजेता कोशीले तीन लाख रुपियाँ प्राप्त गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक महिला क्रिकेटको राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । मूलपानी र कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

रुबिना प्लेयर अफ द सिरिज 

कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री उत्कृस्ट अलराउण्ड प्रदर्शन गरे बापत प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित भएकी छिन् । प्रतियोगिताको कुल १० खेलमा ३४४ रन बनाएकी राष्ट्रिय टिमकी पूर्वकप्तान रुबिनाले १० विकेट लिएकी थिइन् । उनले स्कुटर पुरस्कार पाएकी छन् ।

गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदीयमान खेलाडी घोषणा भइन् । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन्, जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् । उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गरेकी छन् ।

प्रतियोगिता उत्कृष्ट बलर पूजा महतो चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् । उनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । सुमन र पूजाले समान ५० हजार प्राप्त गरिन्।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]