अफगानिस्तानलाई १ विकेटले हराउदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्स चरण प्रवेश

‘गर या मर’ को खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल दक्षिण अफ्रीकामा जारि अन्डर-१९ विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको छ। समुह ‘डी’ बाट नेपाल सहित न्युजिल्यान्ड र पाकिस्तान सुपर सिक्स प्रवेश गर्दा अफगानिस्तान दोश्रो चरण प्रवेश गर्न असफल रह्यो।

सुरुवाती २ खेलमा न्युजिल्यान्ड र पाकिस्तानसंग पराजित भएपछि सुपर सिक्स चरण प्रवेश गर्न नेपालले अफगानिस्तानलाई पराजित गर्ने पर्ने अवस्थामा थियो।

बफेलो पार्क मैदानमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४४.४ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रह्यो। ओपनर अर्जुन कुमाल १० तथा बिपिन रावल २ रन बनाएर आउट भए भने गुल्सन झाले पनि १ रन मात्र बनाउन सके। २४/३ को अवस्थाबाट चौंथो विकेटको लागि कप्तान देव खनालले आकाश त्रिपाठीसंग ४९ रनको साझेदारी गरे।

चौबिसौं ओभरमा त्रिपाठी १६ रन बनाएर आउट भए। त्यसपछि दिपक डुम्रे ५ तथा दिपेश कंडेल ४ रन बनाएर आउट हुँदा नेपालको इनिंग्स पुनः समस्यामा पुग्यो। ९१ रनमा ६ विकेट गुमेको अवस्थाबाट देवले दिपक बोहरासंग ३६ रन जोडे। सैतिसौं ओभरमा देवलाई विकेट पछाडी क्याच आउट पार्दै घजानफरले अफगानिस्तानलाई खेलमा फर्काए। देवले ८९ बलमा ७ चौका मद्दतले ५८ रन बनाए।

आठौँ विकेटको लागि बोहराले सुबास भण्डारीसंग १३ रन जोडे। जित्न ६ रन आवस्यक हुँदा २७ रन बनाएका दिपक बोहरालाई बोल्ड भए। जित्न २ रन आवस्यक हुँदा चोवालिसौं ओभरको अन्तिम बलमा आकाश चन्दलाई बोल्ड गर्दै फरिदुन दाउदजाईले खेल रोमान्चक मोडमा पुर्याए। १ विकेट बाँकी रहंदा पैतालीसौं ओभरको पहिलो बलमा अरब गुलले वाइड बल फाल्दा स्कोर बराबर भयो। त्यसपछि उनले लगातार ३ बलमा रन दिएनन्। चौंथो बलमा सुबासले चौका प्रहार गर्दै नेपाललाई जिताए।

अफगानिस्तानको बलिंगमा फरिदुन दाउदजाईले सर्वाधिक ३ विकेट लिए। खलिल एहमद र नासिर खानले २/२ विकेट लिए।

Dev Khanal

यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ४०.१ ओभरमा १४५ रनमा सबै विकेट गुमाएको थियो।

फास्ट बलर आकाश चन्दले घातक बलिंग गर्दै ५ विकेट लिंदा अफगानिस्तानले सुरुवाती ६ विकेट ४३ रनमै गुमायो। २० रन बनाएका हसन इसाखिल बाह्रौं ओभरमा आउट हुँदा अफगानिस्तान ठूलो समस्यामा थियो। त्यसपछि कप्तान नासिर खान र अल्लाह मोहम्मदले सातौं विकेटको लागि ४२ रन जोडे। मात्र २१ बलमा ४ चौका र ३ छक्का मद्दतले ३७ रन बनाएका मोहम्मदलाई तिलक भण्डारीले पेभेलियन फर्काए।

त्यसपछि पनि  कप्तान नासिरले नवौं विकेटको लागि फरिदुन दाऊदजाईसंग अर्धशतकीय साझेदारी गर्दै अफगानिस्तानको इनिंग्स उकासे। ८३ बलमा ३१ रन बनाएका खानलाई अडतीसौं ओभरमा दिपेश कंडेलले आफैद्वारा क्याच आउट गरे। एकचालीसौं ओभरमा २९ रन बनाएका अहमदजाईलाई सुबास भण्डारीले पेभेलियन फर्काउदै अफगानिस्तानको इनिंग्स समाप्त पारे।

नेपालको बलिंगमा आकाश चन्दले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए। दिपेश कंडेलले २ तथा गुल्सन झा, सुबास भण्डारी र तिलक भण्डारीले १/१ विकेट लिए।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]