क्यानडा र नेपाल पहिलो पटक ओडिआई खेल्दै

२०८० माघ २४, बुधबार ०९:०९

काठमाडौं । बिहीबारबाट नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिज सुरु हुदैछ । ओडिआई सिरिजमा नेपाल र क्यानडा पहिलो पटक खेल्दै छन् ।

नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहीबार बिहान सवा नौ मा सुरु हुनेछ ।

२०१८ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले क्यानडालाई आफ्नो १३ औं प्रतिद्वन्दी राष्ट्रको रुपमा पाउने छ । नेपालले अहिले सम्म ५९ ओडिआई मान्यता प्राप्त खेल खेलेको छ ।

२०१५ को विश्वकपमा छनोट हुनेनसकेपछि ओडिआई मान्यता गुमाएको क्यानडाले आइसीसी विश्वकप छनोट प्लेअफमा पुनः मान्यतालाई फिर्ता ल्याएको थियो ।

१९७९ मा पहिलो ओडिआई मान्यताप्राप्त खेल खेलेको क्यानडाले हालसम्म ८२ ओटा ओडिआई मान्यता प्राप्त खेल खेलेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy