क्यानडाविरूद्ध नेपालकाे सम्भावित प्लेइङ-११

काठमाडौं । बिहीबारबाट नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिज सुरु हुदैछ । ओडिआई सिरिजमा नेपाल र क्यानडा पहिलो पटक खेल्दै छन् ।

नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहीबार बिहान सवा नौ मा सुरु हुनेछ । नेपाल र क्यानडाबीचको यो खेल नेपाल ऐतिहासिक बनाउँन चाहन्छ । यसका लागि नेपाल आफ्नो उत्कृष्ट प्लेईङ-११ मैदान उतार्न चाहन्छ । नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुनसक्छ :

नेपालका ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता पाउने सम्भावना रहेको छ । कुशलको आक्रामक सुरुआत र आसिफको सुझबुझपुर्ण ब्याटिङको अपेक्षा टोलीलाई रहनेछ । तेस्रो नम्बरमा भीम सार्कीले अवसर पाउने सम्भावना रहेको छ । भीमको क्रिजमा टिकेर रहने क्षमताको हरेक तर्फबाट तारिफ हुदै आएको छ । यस खेलमा पनि सोहि लयको अपेक्षा रहने छ ।

चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेलले आफ्नो स्थान बनाउँन सक्नेछन् । नेपालको ओडिआई ईतिहासका सर्वाधिक सफल ब्याटर पौडेलले १ हजार ४ सय ७४ रन बनाएका छन् । नेपालका लागि पाँचौ नम्बरमा पवन सरार्फले मौका पाउने सम्भावना रहेको छ । भर्खरै सकिएको प्रधानमन्त्री कपमा उनको प्रदर्शन राम्रो रहेको थियो । मध्यक्रममा सम्हालिएर ब्याटिङ गर्न सक्ने राम्रो अफस्पिन बलिङको समेत क्षमता भएका सरार्फले बिहिबारको खेलमा मौका पाउने सम्भावना रहेको छ ।

छैठौं नम्बरमा भने नेपाली ओडिआई क्रिकेटका खम्बा मानिने आरिफ शेखको सम्भावना रहेको छ । शेखले केही ओभर मिडियम पेस बलिङ समेत गर्न सक्छन् । शेखका धेरै महत्वपुर्ण ईनिङको सहयोगमा नेपाल हारबाट टाढा भएको छ । सातौं नम्बरमा अलराउण्डर कुशल मल्ल रहने सम्भावना छ । लामो लामो हिटका लागि चिनिने मल्ल राम्रा फिनिसर समेत हुन् । केही ओभर स्पिन बलिङ गर्न सक्ने मल्लको क्षमता समेत रहेको छ ।

आठौं नम्बरमा तिव्र गतिका बलर सोमपाल कामीले स्थान बनाउँने सम्भावना छ । तल्लो क्रममा रहेर राम्रो ब्याटिङको समेत क्षमता राख्ने कामीले फास्ट बलिङमा टोलीको नेतृत्व गर्ने छन् । नवौं नम्बरमा हेमन्त धामी रहने सम्भावना रहेको छ । यदी धामीले यस खेलमा स्थान बनाएमा यो उनको डेब्यु खेल समेत हुनेछ । धामीले यू-१९ विश्वकपमा स्थान बनाए पनि चोटका कारण अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएका थिए ।

आकाश चन्दले बिहीबारको खेलमा दशौं नम्बरमा आफ्नो स्थान बनाउँने सम्भावना रहेको छ । जारी यू१९ विश्वकप राम्रो प्रदर्शन गरेका चन्दले यस खेलमा मौका पाएमा यो खेल उनको डेब्यु खेल समेत हुनेछ । आकाश यू-१९ विश्वकपमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका थिए । नेपाली टोलीको एघारौं नम्बरमा देब्रे हाते स्पिनर ललितनारायण राजवंशी रहने सम्भावना रहेको छ । राजवंशीको प्रधानमन्त्री कपको प्रदर्शन तथा राष्ट्रिय टोलीबाट यस अघि हुदै आएको प्रदर्शन हेर्दा उनी टोलीमा पर्ने सम्भावना रहेको छ ।

नेपालको सम्भावित प्लेईङ-११ :

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), पवन सरार्फ, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, हेमन्त धामी, आकाश चन्द, ललितनारायण राजवंशी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]