कोहलपुरमा सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट आयोजना हुने

यही माघ २७ गतेदेखि बाँकेको कोहलपुरमा सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन तथा नेपाल क्रिकेट संघ (क्यान)को सहकार्य एवम् प्राविधिक सहयोगमा आयोजना गरिन लागेको हो । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरु हुनेछन्।

प्रतियोगिता आयोजनाको औचित्य पुष्टि गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगिताले क्रिकेट मैदानको पूर्वाधार निर्माणसँगै खेल गतिविधि बढाउन संघीय र प्रदेश सरकारलाई दवाव सिर्जना गर्ने बताए ।

उनले प्रतियोगिताले क्रिकेट मैदानको उपयोगिता समेत बढाउने तर्क गरेका छन्-

गत वर्ष सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट लमहीमा गरिएको थियो उनले भने– “लमही भन्दा बाँकेमा यो प्रतियोगिता गर्दा यसको सान्दर्भिकता बढी रहन्छ । किनभने सुशील कोइराला राष्ट्रिय नेता भएपनि बाँके उहाँको कर्मथलो र राजनीतिक थलो भएकाले बाँकेमा प्रतियोगिता गर्न क्यानलाई दवाव दिएका थियौं ।”

क्यानले प्रतिबद्धता जनाएअनुसार बाँकेमा यो प्रतियोगिता सम्भव भएको हो । उनले यो प्रतियोगितालाई भव्य बनाउन सबैको सहयोगको आवश्यकता औल्याए । उनले महिला क्रिकेट खेलाडीमात्र नभएर पुरुष क्रिकेट खेलाडी उत्पादनका लागि जिल्ला स्तरीय प्रतियोगिताको समेत योजना बनाइरहेको प्रष्ट्याए ।

रास्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुको खडेरी लागिरहेका बेला कोहलपुरमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु अत्यन्तै सुखद पक्ष भएको बताए । उनले यो प्रतियोगिताले कोहलपुरको पहिचान स्थापित गर्ने उल्लेख गरे ।

उनले कोहलपुरमा आयोजना गरिएको यो प्रतियोगिता महिला महिला खेलाडीका लागि पुर्नजन्म भएको उल्लेख गरे । प्रतियोगितामा पाँच टिमको सहभागिता रहनेछ ।

६ दिनसम्म चल्ने प्रतियोगितामा कोहलपुर-११, लुम्विनी, गण्डकी, बागमती र सुदूरपश्चिम सहभागि हुने प्रतियोगिता संयोजक चिन्तामणी धितालले जानकारी दिए ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]