दीपेन्द्रले यूएईको क्रिकेट लिग खेल्ने

२०८० माघ २५, बिहीबार १३:२८

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले गल्फ जायन्ट्सबाट लिग खेल लागेका हुन्। इंग्ल्यान्डका जेम्स भिन्सको कप्तानीमा रहेको जायन्ट्सबाट लिग खेल लागेका हुन्। लिगमा जायन्ट्सले ८ खेल खेल्दा ४ जित र ४ हारसहित ८ अंक जोडेको छ।

जायन्ट्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उसले समूह चरणको दुई खेल खेल्न बाँकी रहेको छ। दीपेन्द्र यस लिगमा आवद्द हुने पहिलो नेपाली खेलाडी हुन्। गत संस्करणमा सन्दीप लामिछाने यही लिगमा आवद्द भएपनि बलात्कारको अभियोग लागेका कारण खेल्न पाएका थिएनन्।

दीपेन्द्रको यो दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग हो। यसअघि उनले क्यानडामा भएको क्यानडा ग्लोबल टी२० लिग खेलेका थिए। क्यानडाविरुद्ध जारी तीन एक दिवसीय शृंखलामा दीपेन्द्रलाई मुख्य प्रशिक्षक मोन्टी देसाईंले विश्राम दिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy