हङकङद्वारा नेपालललाई ९४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा आजबाट सुरु एसीसी प्रिमियर कप मा नेपालले हङकङबाट ९४ रनको लक्ष्य पाएको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालविरुद्ध हङकङ ९३ रनमा समेटिएको हो । मलेसियाको क्वालालप्पुरमा रहेको सेलन्गर ट्रफमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनायो ।

हङकङका लागि कप्तान चेन क्यारीले ३१ बलमा २१ तथा मायाम बिबिले २० बलमा १९ रन बनाए ।

नेपालका लागि पूजा महतो र रुबिना क्षेत्रीले समान दुई दुई तथा कविता जोशी र रुबिना क्षेत्रीले समान एक एक विकेट लिए ।

टी-ट्वान्टी आई मा भएको पछिल्लो पाँच भेटमा नेपाल र हङकङ समान दुई दुई खेलमा विजयी हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
प्रतियोगितामा १६ राष्ट्रको सहभागीता रहनेछ ।

सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् ।

दोस्रो खेलमा ११ फेब्रुअरीमा भुटानको सामना गर्ने नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]