सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट : बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी 

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्।

आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्यो। लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर-११ संग पराजित भएको थियो। स्कोरकार्ड हेर्नुस 

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो।

एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन। पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन्। कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए।

बागमतीको बलिंगमा बिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा ११६ रन बनायो।

बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाईन् जुन क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे। ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाईन्। अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दियो।

लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १/१ विकेट हात पारिन्।

खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकि सोनी पाख्रिन घोषित भईन्।

आजको दोश्रो खेलमा कोहलपुर मेयर-११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो। लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो। स्कोरकार्ड हेर्नुस 

कोहलपुर मेयर-११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो।

गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।

कोहलपुर मेयर-११ को बलिंगमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिईन्। ४ ओभर बलिंग गर्दै रोयले २५ रन खर्चिन्। भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो।

मेयर-११ को लागि सिमा कुँवरले सर्वाधिक ३० रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन्।  लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाईन्।

गण्डकीको बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन्। निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन्। कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पारिन्।

खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर-११ कि हैमवती रोय घोषित भईन्।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९:३० बजे बागमती र सुदूरपश्चिम तथा दोश्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]