माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज (मंगलबार) माल्दिभ्सको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।

नेपालले लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आजको खेलमा माल्भ्सिलाई पराजित गर्दै नेपाल आफ्नो समूहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ ।

समूह विजेता बनेमा नेपालले क्वाटरफाइनलमा समूह ए को उपविजेतासँग खेल्ने छ । यस अघिका दुवै खेलमा पराजित माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटको जित हासिल गरेको थियो ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।

नेपाली टोली

ईन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डलि भट्ट, अस्मिना कर्माचार्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy